देशभर वर्षा र विपद् जोखिम चुलिंदै, झण्डै २० लाख जनसंख्या प्रभावित हुने अनुमान

Image
Nisarga Hospital

हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मनसुनी वायु सक्रिय भएको छ। पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

सोमबार पनि यस्तै अवस्था रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। विशेषगरी हिमाली र उच्च पहाडी भू-भागमा हल्का हिमपात पनि हुने पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ। मनसुन हाल कोशी प्रदेश हुँदै क्रमशः लुम्बिनीसम्म फैलिसकेको छ।

यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनमा लगिसकेको जनाएको छ। प्राधिकरणका अनुसार बाढी, पहिरो, डुबान र चट्याङका कारण करिब १९ लाख ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। कार्ययोजना सबै तहका सरकार, प्रशासन, सुरक्षा निकाय र सरोकारवाला निकायलाई सम्प्रेषण गरिएको छ।

Advertize US