सुनको भाउमा दुई हजार पाँच सयको गिरावट, चाँदी पनि सस्तियो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा झरेको छ।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको भाउ पनि सामान्य रूपले घटेको छ। हिजो प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच रुपैयाँ घटेर दुई हजार एक सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Attariya Hospital

सुन–चाँदीका मूल्यमा आएको गिरावटले बजारमा सुनचाँदीको कारोबारमा केही प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

nawajiwan
Advertize US