सुनचाँदीको मूल्यमा वृद्धि, चाँदीमा उल्लेखनीय उकालो

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सोही सुनको मूल्य १ लाख ९५ हजार रुपैयाँमा थियो।

यता, चाँदीको मूल्य भने ह्वात्तै उकालो लागेको छ। मंगलबार प्रतितोला २ हजार १६० रुपैयाँमा रहेको चाँदी बुधबार ६५ रुपैयाँले बढ्दै २ हजार २२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।