बिहीबार सुनचाँदीको मूल्य घट्यो, बजार पनि सुचारु

Image
Nisarga Hospital

काठमाडौं: – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन बुधबारको तुलनामा ४०० रुपैयाँले कम हो।

CP Hospital Dhangadhi

त्यस्तै, चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार २०० रुपैयाँमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ कम हो।

Attariya Hospital

महासंघले केही दिन देखिका आन्दोलनका कारण बन्द रहेका राजधानीका सुनचाँदी पसलहरू बिहीबारदेखि पुनः सुचारु भएको जानकारी दिएको छ। बजार सञ्चालनमा आएसँगै कारोबार पनि क्रमशः नियमित बन्दै गएको व्यवसायीहरूले जनाएका छन्।

nawajiwan
Advertize US