ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस्  असार महिनाको ७ गते शनिबारका दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – ०७ आषाढ २०८२ शनिवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय आफै अनुकुल बन्दै जानेछ। व्यक्तिगत खुसीको लागि केही समय छुट्याउनुहोस्। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारी कामले मनमा उत्साह जगाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रतिस्पर्धामा सफला मिल्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा प्रयास सफल हुनेछ र धन प्राप्तिका प्रबल संकेत रहेका छन्। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। जीवनसाथीको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिबल र लगनशीलताले प्रत्येक कार्यमा सफलता मिल्नेछ। बेरोजगारहरूको लागि नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापारिक निर्णयमा आर्थिक पक्षलाई ध्यानमा राखेर कार्य गर्नुहोस्। परीक्षामा सफलता मिल्ला। पारिवारिक अनावश्यक तनावले मनलाई विचलित पार्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तपाईँको धैर्यता र कार्यकुशलताको सराहना हुनेछ। कुनै कुराले मन आनन्दित बनाउनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अक ४ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धेर्य र पराक्रमले नसोचेको काम सम्पादन हुनेछ। छरछिमेकीसँग मनमुटाव सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ९ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सोधेको कुरामा मात्रै प्रतिक्रिया दिनु उचित होला। तटस्थ भएर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा अप्ठ्यारा कार्यको नेतृत्व गर्नुपर्ला। अधिकारि वर्गबाट सम्मान पाइनेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बन्नेछन्। आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रचनात्मक कार्यमा रुचि बढ्नेछ। कुनै ठूलो निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सल्लाह लिनुहोस। भविष्यलाई लिएर कार्य गर्ने दिन रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तानलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा तत्कालको फाइदा हेरेर निर्णय नलिनुहोला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। स्वास्थ लाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
हाम्रो पात्रो बाट

Advertize US