देशभर मनसुन सक्रिय, भारी वर्षा र डुबानको जोखिमबारे सतर्कता आग्रह

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। साथै, भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा नै सक्रिय छ।

CP Hospital Dhangadhi

मौसमी विवरणअनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली छ भने बाँकी भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

nawajiwan
Attariya Hospital

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहन सक्ने, नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने तथा त्यसको असर दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा समेत पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Advertize US