कुखुरापालनबाट आत्मनिर्भर हुँदै राधा चौधरी

Image
Nisarga Hospital

अत्तरियाः धनगढी उपमहानगरपालिका–१ की राधा चौधरी कुखुरापालन व्यवसायबाट आत्मनिर्भर जीवन बिताउँदै आएकी छन्। आर्थिक कठिनाइका कारण संघर्षपूर्ण जीवन बिताएकी उनले अहिले कुखुरापालन र हाँसपालनबाट मासिक ४० हजार रुपैयाँसम्मको कारोबार गर्न थालेकी छन्।

CP Hospital Dhangadhi

विगतमा कमजोर आर्थिक अवस्थाका कारण छोरा स्कुल भर्ना गर्नसमेत हम्मेहम्मे परेकी राधाले खोकाको सानो व्यापारसँगै तरकारीखेती सुरु गरिन्। माइती र दिदीको घरबाट ल्याएका केही हाँस र कुखुराबाट व्यवसायको सुरुआत गर्दै उनले किसान बहुउद्देश्यीय सहकारी संस्था, धनगढी शाखाबाट ऋण लिएर व्यवसाय विस्तार गरिन्।

पहिलो किस्तामा ८० हजार रुपैयाँ ऋण लिएर कुखुरा र खोकाको व्यापारमा लगानी गरिन्। त्यसपछि दोस्रो र तेस्रो किस्तामा क्रमशः एक लाख र पाँच लाख रुपैयाँ ऋण लिएर कुखुराको संख्या विस्तार गरिन्। हाल उनीसँग १६० वटा स्थानीय जातका कुखुरा र ५० वटा हाँस छन्। प्रति कुखुरा ७५० रुपैयाँ र हाँस ६५० रुपैयाँमा बिक्री गर्दै उनले मासिक २५ हजार रुपैयाँ बचत गरिरहेकी छन्।

nawajiwan
Attariya Hospital

सहकारी संस्था नहुँदो हो त यो स्तरमा पुग्न कठिन हुने उनको अनुभव छ। उनी सहकारीलाई मासिक २० हजार रुपैयाँ सावा–व्याजसहित तिर्दै आएकी छन्। छोराको नाममा १६ वर्षे योजना अन्तर्गत हालसम्म ५ लाख रुपैयाँ जति बचत पनि गरिसकेकी छन्।

राधाको भनाइमा, “काम सानो–ठूलो हुँदैन। संघर्ष र सही कर्मले जीवन सहज बन्छ।” कुखुरापालन व्यवसायलाई अझ विस्तार गर्ने योजना उनले अगाडि सारेकी छन्।