नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब पेट्रोल डिजेल कतिमा पाउछ त ?

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ।

CP Hospital Dhangadhi

भारतीय आयल कर्पोरेशन (IOC) बाट नयाँ दरमा प्राप्त पेट्रोलियम खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको हो। निगम सञ्चालक समितिको असार ३१ गतेको निर्णयअनुसार असार ३२ गते बिहान ००:०१ बजेदेखि नयाँ मूल्य लागू हुनेछ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १५७।५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १४५।५०, १४७ र १४८ रुपैयाँ निर्धारण गरिएको छ।

nawajiwan
Attariya Hospital

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज परेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाह समावेश छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन्।

नेपाल आयल निगमले सहजता, पारदर्शिता र शुद्धता अपनाउँदै मूल्य समायोजन गरिरहेको बताएको छ।