खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा व्यावसायिक फुटबल खेलको विकासमा अग्रसर कैलालीका सुरेश हमालको ४८ वर्षको उमेरमा निधन भएको छ।

CP Hospital Dhangadhi

मृगौला समस्याबाट पीडित उनको भारतको बरेलीमा उपचारको क्रममा आज निधन भएको सुदूरपश्चिम ११ स्पोर्टस् क्लबका देवेन जोशीले जानकारी दिए। जोशीका अनुसार मधुमेह समस्यासंग जुझ्दै व्यावसायिक फुटबल खेलको विकासमा क्रियाशील हमाल पछिल्लो केही वर्षदेखि मृगौला समस्याबाट पनि ग्रसित थिए ।

दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला ट्रान्सप्लान्टको तयारी भइरहेको बेला हमाल बितेको जोशीले जानकारी दिए “भाउजु (हमालकी श्रीमती( ले मृगौला दिने तयारी थियो”, उनले भने,“ट्रान्सप्लान्टको तयारी भइरहेको बेला दुःखद् निधन भएको छ।”
हमालको निधनले सुदूरपश्चिम प्रदेशको खेल जगत स्तब्ध भएको छ। सुदूरपश्चिम ११ स्पोर्टस् क्लबका अध्यक्ष हमालको अथक प्रयासमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको थियो। हमालले आफ्नो व्यक्तिगत लगानीमा क्लबका खेलाडीलाई आफ्नै घरमा राखेर प्रशिक्षणको व्यवस्था गरेका थिए ।

nawajiwan
Attariya Hospital

हमाल र उनको टिमको प्रयासले ए डिभिजनको खेल खेल्ने चर्चित टिमहरु सुदूरपश्चिम प्रदेशमा आएर खेल्ने वातावरण बनेको थियो। खप्तड गोल्डकप फुटबल प्रतियोगिताको आयोजनाले मुलुकमै फुटबल खेलको विकासमा सहयोग पुगेको थियो। हमालको नेतृत्वमा छैटौं संस्करणसम्म धनगढीमा खप्तड गोल्डको सफल आयोजना भइसकेको छ।

उनको पार्थिव शरीर भारतबाट ल्याउने कार्य भइरहेको जनाइएको छ। कैलालीको भजनी नगरपालिका–५ मा जन्मिएका हमाल धनगढीमा बस्दै आएका थिए ।

Advertize US