
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ।
नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले कमी आएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ।


त्यस्तै, हवाई इन्धनको अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलर मूल्य बढाइएको छ। पोखरा र भैरहवाका लागि भने ‘ब्रेक डाउन पोइन्ट’ मा मूल्य निर्धारण गरिएको निगमले जानकारी दिएको छ।
एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ। समायोजित नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।





























