बिहीबार नेपाली बजारमा सुन स्थिर, चाँदीको मूल्यमा १० रुपैयाँको वृद्धि

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा स्थिर रहेको छ।

तर चाँदीको मूल्यमा भने १० रुपैयाँको वृद्धि भएको छ। बुधबार तोलामा २ हजार ३०५ रुपैयाँमा रहेको चाँदी बिहीबार तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।