
धनगढी: दिनेश फाउन्डेसनको आयोजना र दिनेश ग्रुपको सहकार्यमा शुक्रबार सम्पन्न १३औँ बृहत रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन्।

फाउन्डेसनका साथसाथै दिनेश ग्रुपका कर्मचारी, पदाधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सर्वाधिक पटक रक्तदान गर्ने व्यक्ति तथा रक्तदान सद्भावना दूत दीपक उपाध्यायको पनि विशेष उपस्थिति थियो।

दिनेश ग्रुपका प्रबन्धक दिपेन्द्र ओझाका अनुसार, फाउन्डेसनले विगत १२ वर्षदेखि नियमित रूपमा वार्षिक रक्तदान कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा सहभागी सबै रक्तदातालाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको उनले बताए।






























