धनगढीमा नेपाल किसान महासंघको प्रथम सुदूरपश्चिम प्रदेश महाधिवेशन सम्पन्न

Image
Nisarga Hospital

धनगढीः “आफ्नो देशको उत्पादन, आफ्नो सान — कृषि उन्नतीमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम महाधिवेशन आज धनगढीमा सम्पन्न भएको छ। महाधिवेशनको बन्द सत्रमार्फत नयाँ प्रदेश नेतृत्व सर्वसम्मत चयन गरिएको महासंघका अध्यक्ष हरेन्द्र सिंह बिष्टले जानकारी दिए। सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको उक्त बन्द सत्रले आगामी कार्ययोजना र नेतृत्व चयनमा जोड दिएको छ।

CP Hospital Dhangadhi


कृषिलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउनुपर्छ 
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सुदूरपश्चिमको कृषि सम्भावनालाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउनुपर्ने बताए। उनले हिमालदेखि तराईसम्मको प्राकृतिक सम्पदालाई संगठन, नीति र प्रविधिको संयोजनबाट उपयोग गर्नुपर्नेमा जोड दिए। “किसानको श्रमको उचित मूल्यविना राष्ट्रको समृद्धि असम्भव छ,” उनले भने। स्व। शहीद भीमदत्त पन्तको “कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने छैन भलो” भनाइ उद्धृत गर्दै उनले किसान आन्दोलनको ऐतिहासिक महत्त्व स्मरण गरे।

nawajiwan

जैविक उत्पादन र महिला किसानको सशक्तीकरणमा जोड
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सुदूरपश्चिमलाई जैविक उत्पादनको केन्द्र बनाउन दीर्घकालीन रणनीति आवश्यक रहेको बताए। अर्की केन्द्रीय सदस्य शुशिला मिश्र भट्टले महिला किसानका लागि प्रशिक्षण, सहुलियतपूर्ण ऋण र बजार पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राखिन्। महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले किसानका हकहित संरक्षण, बीउ–मल आपूर्ति सुधार, सहकारीमार्फत बजार व्यवस्थापन र कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राखिने बताए।

Attariya Hospital

सिंचाइ र बाँझो जमिनको चुनौती

कार्यक्रममा वक्ताहरूले सुदूरपश्चिममा हाल ३४,६३० हेक्टरमा मात्र सिंचाइ सुविधा पुगेको, पहाडी क्षेत्रमा आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको र श्रमिक पलायनका कारण गाउँका खेतहरू खाली रहेको तथ्य प्रस्तुत गरे। यद्यपि, प्रविधि र सुधारिएको खेती प्रणालीका कारण उत्पादनमा वार्षिक ०/९ प्रतिशत वृद्धि भएको छ। यसलाई थप तीव्र बनाउन नीतिगत सुधार र प्राविधिक सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो।   
आत्मनिर्भर कृषि प्रदेशको संकल्प
महाधिवेशनले सुदूरपश्चिमलाई आत्मनिर्भर कृषि प्रदेश बनाउन नीतिगत, संगठनात्मक र व्यवहारिक अभियानलाई सुदृढ गर्ने संकल्प गरेको छ। नेपाली कांग्रेस कैलाली जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले सिंचाइ विस्तार, कृषि उद्यमशीलता प्रवद्र्धन र उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।