
नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि र डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ। नयाँ मूल्य शनिबार बिहानदेखि लागू हुनेछ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १ रुपैयाँ घटाइएको हो।

मूल्य समायोजनपछि पेट्रोलको खुद्र मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ। यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४८ रुपैयाँ र तेस्रो वर्गमा १४९ रुपैयाँ हुनेछ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा, सुर्खेत र दाङलाई दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दीपायल डिपोहरुलाई तेस्रो वर्गमा वर्गीकृत गरेको छ।

















