
कैलालीको अत्तरिया बसपार्कमा आगामी भदौ १ गतेदेखि ६ गतेसम्म टीभीएसको ‘एक्सचेञ्ज मेनिया’ आयोजना हुन लागेको छ।

जगदम्बा मोटर्सको अत्तरिया क्षेत्रका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी किन्न चाहने ग्राहकहरूलाई लक्षित गरी यो विशेष अफर सार्वजनिक गरेको हो।

एक्सचेञ्ज मेनियामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ। पुरानो साधनको न्यूनतम मूल्यांकन ३० हजार रुपैयाँ हुनेछ र एक्सचेञ्जमा थप १० हजार मूल्यांकन रकम थप गरिनेछ।

नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा न्यूनतम ८ हजार रुपैयाँ क्यास डिस्काउन्ट, हेल्मेट, ब्याग र बाइक कभर निःशुल्क, साथै टीभीएस लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध हुनेछ, जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ।





























