गेटा अस्पताल, आइसियु र सीसीयु सेवा विस्तार गर्दै

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा अस्पतालले यसै भदौ महिनाभित्र आइसियु र सिसियु सेवा सञ्चालन गर्ने तयारी गरेको छ। अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवका अनुसार १० बेडको आइसियु र ३ बेडको सिसियु सहित अस्पतालको क्षमता ७५ बेडमा पुर्‍याइनेछ।

CP Hospital Dhangadhi

हाल १४१ जना दरबन्दी पदपूर्ति भइसकेकाले थप चिकित्सक तथा नर्समार्फत सेवा विस्तार गर्ने तयारी गरिएको छ। डा. यादवले आफ्नो कार्यकालमा २४ घण्टा इमर्जेन्सी, ल्याब, एक्स–रे, फार्मेसी, एकद्वार सङ्कट व्यवस्थापन प्रणाली, सामाजिक सुरक्षा कार्यक्रम, हाइ डिपेन्डेन्सी युनिट जस्ता सेवाहरू सुरु भइसकेको जानकारी दिए।

Attariya Hospital

अस्पतालले पहिलो पटक स्तन क्यान्सर पहिचानका लागि मेमोग्राम सेवा सुरु गरेको छ। सूचना अधिकारी नैन सिंह कार्कीका अनुसार गत आर्थिक वर्षमा ९६ जना र चालु वर्षको श्रावण महिनामा मात्र २२ जनाले सो सेवा उपयोग गरेका छन्।

nawajiwan

यस्तै, अस्पतालले आर्थोस्कोपी सेवा पनि उपलब्ध गराइरहेको छ, जुन सेवा यस क्षेत्रमा पहिलो हो। साथै, अस्पतालमा प्रदेशकै पहिलो मोड्युलर ओटी र मोड्युलर ल्याब सञ्चालनमा छन्। पछिल्लो चार महिनामा कार्डियोलोजी, पेडियाट्रिक्स, नेफ्रोलोजी, न्युरोलोजी, साइकियाट्रिक, गाइनो, सर्जरी र अर्थोपेडिक सेवा पनि सुरु भएका छन्।