अत्तरियाको डीडीसी कार्यालयबारे छलफल, दूध भुक्तानी छिट्टै निकासा हुने

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) करिब २–३ महिनादेखि तालाबन्दी हुँदा कृषकहरू ठूलो समस्यामा परिरहेका छन । विशेषगरी ७–८ महिनादेखि दूध बिक्री गरेको पैसा नपाउँदा किसानहरूको दैनिक जीवन नै प्रभावित भएको छ। यसै सन्दर्भमा आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अगुवाइमा डीडीसी प्रमुख, सरोकारवाला निकाय, स्थानीय कृषक तथा जनप्रतिनिधिहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भयोको छ ।

CP Hospital Dhangadhi

छलफलमा किसानको रोकिएको भुक्तानी छिट्टै निकासा गर्ने र डीडीसी कार्यालय अत्तरियामै निरन्तर सञ्चालन गर्ने सहमति नजिक पुगेको छ। साथै विगतमा उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीको टोलीलाई प्रस्ताव गरिएको वैकल्पिक स्थलसमेत प्रमुख जिल्ला अधिकारीलाई स्थलगत अनुगमन गराइएको थियो ।

nawajiwan
oplus_0

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, “कृषकले आफ्नो श्रमको उचित मूल्य पाउनैपर्छ। महिनौँदेखि रोकिएको दूधको भुक्तानीले उनीहरूको जीवनयापनमा ठूलो संकट खडा गरेको छ। यस विषयमा नगरपालिकाले निरन्तर पहल गर्दै आएको छ र आजको छलफलले समस्या समाधानतर्फ मार्ग देखाएको छ। किसानलाई राहत मिल्नेगरी छिट्टै भुक्तानी निकासा हुनेछ भन्ने विश्वास दिलाउँछु।”

oplus_0

तेसै गरी “कृषकको जीवनयापन डीडीसीसँग प्रत्यक्ष जोडिएको छ। कार्यालयलाई धनगढी सार्ने कदम किसानविरोधी मात्र होइन, अत्तरियाको अधिकारमाथि प्रहार पनि हो। त्यसैले डीडीसी कार्यालय अत्तरियामै कायम रहनुपर्छ भन्ने हाम्रो स्पष्ट माग अनुरुप हाम्रो पालिकाले के सहयोग गर्नु पर्छ सबै सहयोग गर्ने प्रतिबद्धता पहिले नै दिई सकेको बताएका छन ।

oplus_0
Attariya Hospital

नगरपालिकाको तर्फबाट किसान, सरोकारवाला र संस्थागत निकायबीच सहकार्य गर्दै दिगो समाधान खोजिने प्रतिबद्धता गरिएको छ।

सम्बन्धित समाचार

गोदावरीका तीन स्थानमा डीडीसीका उपमहाप्रबन्धकलाई जग्गा देखाइयो, नगर प्रमुख भट्टको अगुवाइमा स्थलगत अवलोकन, अत्तरियामै डीडीसी कायम राख्ने प्रयास

अत्तरियामा रहेको डिडिसी कार्यालय अत्तरियामै कायम हुने सँकेत, स्थलगत अनुगमनपछि प्रतिबेदनमा के छ त ?

अत्तरियाको डिडिसी स्थानान्तरणको विरोधमा अत्तरियामा कारखानामा तालाबन्दी

अत्तरियाको डिडिसी धनगढीमा सर्दै, अत्तरियामै राख्न स्थानिय राजनितिज्ञहरुको दौदधुप

अत्तरियाको डिडिसि धनगढी सर्दै, अत्तरियामा सञ्चालित डिडिसीलाई नसार्न स्थानियको आग्रह (भिडियो सहित)

अत्तरियामा दुग्ध विकास संस्थानका लागि जग्गा खोज्न कार्यदल गठन, को–को छन् समितिमा ?