स्वतन्त्र एकता महाकाली–मेची यात्रा कञ्चनपुरको गड्डाचौकीबाट सुरु

Image
Nisarga Hospital

अत्तरिया: “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपाल”ले कञ्चनपुरको गड्डाचौकीबाट स्वतन्त्र एकता महाकाली–मेची यात्रा सुरु गरेको छ। “राष्ट्रियता, सुशासन, समृद्धि र एकता” भन्ने मूल नारासहित सुरु भएको अभियानको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारादत्त जोशीले गरेका हुन्। उनले अभियान संयोजक प्रेम राज भट्टलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए।

CP Hospital Dhangadhi

संयोजक भट्टका अनुसार मुलुक आर्थिक रूपमा जटिल अवस्थामा रहेका बेला युवाले पार्टीको झन्डा होइन, नेपालको झन्डा बोकेर अघि बढ्नुपर्ने सन्देशसहित यात्रा सुरु गरिएको हो। उद्घाटन कार्यक्रममा डा. जोशीले मुलुकलाई आर्थिक समृद्धिको बाटोतर्फ अघि बढाउन नागरिकले पार्टीको कार्यकर्ता नभई देशको कार्यकर्ता बन्नुपर्ने धारणा व्यक्त गरे।

Attariya Hospital

अभियानमा संयोजक भट्टसँगै धनबहादुर बोगटी, खेमराज जोशी, भरत विक्रम शाह, राजन खड्का, गणेश शाहलगायतको सहभागिता रहेको थियो।

nawajiwan
Advertize US