धनगढीमा टाटा मोटर्सको नयाँ शोरूम उद्घाटन

Image
Nisarga Hospital

धनगढी : टाटा मोटर्सका लागि नेपालका आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। जी ए आरएस ट्रेडिङ कन्सर्नलाई नयाँ आधिकारिक डिलर चयन गर्दै मंगलबार उक्त शोरूमको उद्घाटन गरिएको हो।

CP Hospital Dhangadhi

सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जी ए आरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा शोरूम उद्घाटन गरेका हुन्।

यस शोरूममार्फत सुदूरपश्चिमका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू—टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सनके ३ ईभी र कर्भ ईभी—सहित आईसीई मोडलहरू टियागो, पञ्च, नेक्सन र सफारी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

nawajiwan
Attariya Hospital

ग्राहकलाई बिक्रीसँगै आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराइने सिप्रदीले जनाएको छ।

प्रबन्ध निर्देशक पाण्डेले सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडल नजिकै अनुभव गर्ने अवसर दिन पाउँदा गर्व भएको बताए। त्यस्तै, सिनियर डिलर म्यानेजर ढुंगेलले धनगढी शोरूम उद्घाटनसँगै सुदूरपश्चिममा टाटाको सेवा औपचारिक रूपमा विस्तार भएको बताएका छन्।

कार्यक्रममा गाडी बुकिङ गरेका ग्राहकलाई नयाँ गाडी हस्तान्तरणसमेत गरिएको थियो।