भारतमा बर्डफ्लु देखिएपछि कञ्चनपुरमा कडाइ, नेपालमा कुखुरा आयातमा प्रतिबन्ध

Image
Nisarga Hospital

भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमावर्ती क्षेत्रमा पन्छी र पन्छीजन्य वस्तुको आयात–निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ।

CP Hospital Dhangadhi

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काका अनुसार भारतसँग सीमा जोडिएका पुनर्वास, बेलौरी, बेलडाँडी, दोधरा–चाँदनी र भीमदत्त नगरपालिकाका सीमावर्ती क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

Attariya Hospital

खड्काले सस्तो मूल्य र खुला सीमाका कारण अवैध आयात हुने भएकाले नेपालमा पनि सङ्क्रमणको जोखिम बढेको बताए। सङ्क्रमण भएमा कुखुरा मर्ने, चारा नखाने, झोक्य्राउनेजस्ता लक्षण देखिने भएकाले किसानलाई तत्काल पशु चिकित्सकलाई जानकारी दिन आग्रह गरिएको छ।

nawajiwan

समितिले सुरक्षा निकाय, भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र र क्वारेन्टाइन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीमार्फत आकस्मिक अनुगमन गर्ने निर्णय गरेको छ। अवैध रूपमा सामग्री भित्र्याए कानुनबमोजिम कारबाही हुने पनि चेतावनी दिइएको छ।