थोत्रा लुगा र भाचिएको कलम बोकेको बालकको संघर्षमय यात्रा

Image

एक बालक थोत्रा लिगा पहिरिएर , फाटेको जुता खुट्टामा पहिरिदै सुन्दर सपना बुनेर गाउकै प्राइमरी स्कुलमा भर्ना हुन्छ। उसङ्ग न गतिलो पोशाक हुन्छ न गतिलो झोला न त कापी कलम नै। एउटा सानो पिठो सकिएको बोरा मा कहि कतै बाट प्राप्त गरेको कापी र एउटा भाचिएको कलम बोकेर आनन्दले स्कुल जान्छ। जब उ स्कुलमा पुग्छ खुशिले गदगद हुन्छ। मानौकी उसलाइ अरु केहि, कोहि चाहिएको छैन । साथिहरु देख्दा तिनिहरु सङ्ग खेल्न पाउने कुरा ले उसको अन्तरमनका मनोआकाङ्क्षाहरुले नाचगान गरिरहेका हुन्छन ।

दिन बित्दै गयो उ पनि ठुलो हुँदै गयो। सुरु सुरुमा कक्षामा खासै राम्रो गर्न नसके पनि केहि बर्ष पछि उसको बुवाको परदेश बाट स्वदेश आगमन र बुवाको मार्गदर्शन को अक्षर अक्षर पालना गर्दै उ कक्षामा प्रथम मात्रै होइन बिधालयमै प्रथम स्थान हासिल गर्न सफल हुन्छ। उसको सफलतमा उसको बुवाको उचित पथपर्दर्शन र उसकी आमाको न्यानो मायाको प्रत्यक्ष प्रभाव परेको देख्न सकिन्थ्यो।

nawajiwan

गाउँ घर तिर प्राइभेट स्कुल पढेका हरुको तुलनामा सरकारी स्कुल का बिद्यार्थी कमजोर हुन्छ्न । सरकारी स्कुलका बिद्यार्थीहरुले गतिलो अङ्ग्रेजी बोल्न नसक्ने र भबिस्यमा पनि दक्ष बन्न नसक्ने भास्य सृजना गरिएको थियो।जुन अहिले सम्म पनि निरन्तर सुन्न पाइन्छ।

त्यही सरकारी स्कुल पढेको केटो आफनै दममा, आफनै मेहनतमा, आफनो र आफ्नो परिवारको साथ ले कसरी निरन्तर सफलता हासिल गर्न सक्छ भन्ने कुराको उदाहरण बन्न चाहन्थ्यो। उसले विभिन्न बिधालयस्तरिय, जिल्लास्तरिय अतिरिक्त क्रियाकलापमा भाग लिदै सरकारी स्कुल पढेकाहरु पनि कमजोर हुदैनन । तिनिहरुले बढी भन्दा बढी अवसर पाए भने प्राइभेट स्कुल पढेका हरुभन्दा राम्रो अङ्रेजी बोल्न लेख्न र आफुलाइ जुनसुकै प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी गराइ उत्कृष्ट नतिजा पनि हासिल गर्न सक्छन।

Attariya Hospital

मानिस बौद्धिक एबम चेतनशील प्राणि हो । मानिसहरुमा एउटा मात्र बौद्धिकता हुदैन। सबै मा बहुबौद्धिकता हुन्छ तर मानिस भित्रका ती बहुबौद्धिकता मध्ये एउटा बौद्धिकता हरेकको पहिचान बन्न पुग्छ। सबै जान्ने र केही पनि नजान्ने कोहि पनि हुदैन । मात्र जरुरत पर्छ धैर्यता, अथाह मेहनत, लगनशीलता र अनुशाशन ।

चाहे तपाईं अङ्ग्रेजी पढ्नुस या नेपाली यी त केही सिक्ने माध्यम नहुन यी नै साध्य भने होइनन । सबैको धरातल एकनासको हुदैन। कोहि जन्मदेखी नै संघर्षशिल हुनुपर्ने परिस्थिती बाट आएका हुन्छ्न, र आउछन ।

कुनै पनि मनिसको सफलता र असफलता उसको गरिबिले उसको पारिवारिक पृष्ठभुमिले तय नगरी ब्यक्ति स्वयम् ले गर्ने मेहेनत र उसको आत्मबिश्वासले गर्छ। त्यसैले जीवन संघर्षशिल छ, संघर्षबाट पन्छिनु भनेको आफुलाइ नै ठग्नु सरह हो । जब हामिले आफुले आफुलाइ ठग्न थाल्छौ हामी कहिल्यै सफल हुन सक्दैनौ ।

लेखक सुरज सिंह बिष्ट त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी शिक्षा केन्द्रीय विभागका विद्यार्थी हुन् ।