सामाजिक सञ्जालको ताला,मनको रुवाई : कविता

Image
Nisarga Hospital

सञ्जालको जालो, त्यो रङ्गीचङ्गी संसार,
जहाँ मनका कुरा भन्थ्यौँ, पुग्थ्यो हरबार।
खुलेआम बोल्थ्यौँ, हाँस्थ्यौँ, खेल्थ्यौँ,
आफ्ना भावना साथीहरूसँग साट्थ्यौँ।

CP Hospital Dhangadhi

​तर आज यो जालोमा लाग्यो बन्दको ताला,
रोकियो बोल्ने मुख, रोकियो हाँसोको माला।
एक्लो भयो मन, शून्य भयो आकाश,
सूचनाको धारा सुक्यो, थपियो निराशा।

​कसलाई सुनाउने अब मनको पीडा?
कसरी साट्ने भावना, कसरी बुझाउने मनका कुरा?
नजिकका टाढा भए, टाढाका झनै टाढा,
यो बन्दले मनमा लगायो गहिरो घाउको डाँडा।

nawajiwan
Attariya Hospital

​तर आशाको दियो अझै निभेको छैन,
भोलिको बिहानीले यो ताला खोल्नेछ नै।
तबसम्म मनको यो रुवाई इतिहासमा लेखौँला,
स्वतन्त्रताको गीत फेरि मन खोली गाउँला।

लेखक : गोपाल जोशी