
बाजुरा: काँडा भवानी माध्यामिक विद्यालयका शिक्षक त्रिरेसप्रसाद जोशीले आफ्नी आमा उजादेवी जोशीको चौथो मासिक श्राद्धतिथिमा गरिव र मेधावी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

आइतबार गरिएको कार्यक्रमअन्तर्गत कक्षा–२ देखि कक्षा–८ सम्मका ७ जना विद्यार्थीले सामग्री पाएका छन्। शिक्षक जोशीले कविता वाचन गर्दै विद्यार्थीहरूलाई अध्ययनमा ध्यान दिन र शैक्षिक सामग्रीको सदुपयोग गर्न आग्रह गरेका थिए।
विद्यालयका प्राचार्य हिरालाल रेग्मीले आमाको सम्झनामा गरिएका यस सहकार्यका लागि शिक्षक जोशीप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरूलाई शिक्षामा योगदान पुर्याउन प्रेरित गरेका छन्। शिक्षक जोशी खप्तड छेडेदह गाउँपालिका–४ नेटकाटियाका कान्छा दाजु हुन्।




























