बालेन शाहको स्टाटस : Gen-Z लाई संयमित रहन आह्वान

Image
Nisarga Hospital

काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत Gen-Z आन्दोलनमा संलग्न युवाहरुलाई संयमित रहन आग्रह गरेका छन्।

CP Hospital Dhangadhi

उनले लेखेका छन्, “हामीले स्पष्ट भनेका थियौं, यो नितान्त Gen-Z को आन्दोलन हो। प्रिय Gen-Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो। तपाईं–हामी अब संयमित हुनु जरुरी छ।”

Attariya Hospital

उनले अझै जोड्दै भनेका छन्, “अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला। साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला। तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ।”

nawajiwan

बालेनले युवाहरूलाई आन्दोलनलाई योजनाबद्ध ढंगले अघि बढाउन र आगामी नेतृत्वमा भूमिका खेल्ने तयारी गर्न सन्देश दिएका छन्।