अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा शहिदको सम्झनामा दीप प्रज्वलन

Image
Nisarga Hospital

अत्तरियाः अत्तरियामा रहेको महिला बालबालिका तथा सेभ हाउसले जेनजी आन्दोलनका शहिदहरूको सम्झनामा बुधबार दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। संचालिका जानकी मलासीका अनुसार, कार्यक्रम मार्फत शहिदहरूको बलिदानको सम्मान गर्दै शान्ति र सामाजिक सद्भावको संदेश प्रवाह गरिएको हो।

CP Hospital Dhangadhi

महिला बालबालिका तथा सेभ हाउस विगत केही वर्षदेखि अनाथ, असहाय, सडक बालबालिका र अन्य विपन्न बालबालिकालाई आवास, शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ। दीप प्रज्वलन कार्यक्रममा बालबालिका, कर्मचारी, शिक्षक र स्थानीयवासी सहभागी भएका थिए।

nawajiwan
Attariya Hospital

संचालिकाले भनिन्, “हाम्रो कार्यक्रम मार्फत बालबालिकालाई शहिदहरूको बलिदान र देशप्रति कर्तव्यबोधको महत्व सिकाउने उद्देश्य राखिएको छ। उनीहरूले समाजमा शान्ति र सद्भाव कायम राख्न सघाउने चेतना विकास गर्नेछ।”

दीप प्रज्वलन कार्यक्रममा सहभागी सबैले शहिदहरूको सम्झना गर्दै सामाजिक एकता र भाईचारा कायम रहोस् भन्ने कामना व्यक्त गरेका थिए। कार्यक्रमले सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै बालबालिकामा जिम्मेवारी र मानवताको महत्व बुझाउने अवसर दिएको छ।