सुदूरपश्चिम प्रदेश सरकारले मनायो धनगढीमा संविधान दिवस

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको सही कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन ।

CP Hospital Dhangadhi

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए। मुख्यमन्त्री शाहले भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन कायम साथै शान्ति, स्थिरता र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

उनले संविधानको ऐतिहासिक पृष्ठभूमि र यसले बोकेका मूल मर्मलाई पुनःस्मरण गर्नु जरुरी रहेको उल्लेख गरे। असङ्ख्य संघर्ष, जनआन्दोलन, बलिदान र दीर्घकालीन संघर्षको परिणाम स्वरुप निर्वाचित संविधान सभाबाट संविधान जारी भएको मुख्यमन्त्रीले स्पष्ट पारे।

nawajiwan

उनले भने,“यो संविधानले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा विकेन्द्रीकृत र संघात्मक शासन प्रणालीको जग स्थापना गरी नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रको अवयव निर्माण गरेको छ।”

संविधानले बहुल समाजलाई एक साझा सूत्रमा बाँध्ने आधार प्रदान गर्नुका साथै राज्यका सबै निकायमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरेको मुख्यमन्त्रीको भनाइ छ। उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि संविधानले आधार निर्माण गरेको उल्लेख गरे ।

Attariya Hospital

मुख्यमन्त्री शाहले यो संविधानलाई संसारको एउटा अग्रगामी संविधानको रुपमा चित्रण गरिए पनि यसको उचित कार्यान्वयन हुन नसकेको जिकिर गरे।

शाहले युवाले उठाएका भ्रष्टाचारमुक्त शासन, समान अवसर, पारदर्शीता र जवाफदेहितको माग संविधानको मूल मर्मसंग जोडिएका बताए । भदौ २३ र २४ गते भएको युवा पुस्ताको प्रदर्शनले उनीहरुमा रहेको जोश, जाागर र परिवर्तनप्रतिको चाहनालाई उजागर गरेको मुख्यमन्त्रीको भनाइ छ।

हालैकोे घटनाहरुबाट भएको जनधनको क्षतिले सबैलाई गहिरो चोट पुर्‍याएको भन्दै मुख्यमन्त्री शाहले यस घटनाले कमीकमजोरीहरुको समीक्षा गर्दै सुशासन, समृद्धिका लक्ष्य हासिल गर्न थप प्रभावकारिताका साथ लाग्न सन्देश दिएको बताए। घटनाले लोककतान्त्रिक अभ्यासलाई अझ संवेदनशील, जिम्मेवार र उत्तरदायी ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता सबैलाई स्मरण गराएको उनले उल्लेख गरे।

समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, सरकारका मन्त्री, प्रदेश सभा सदस्य, राष्ट्रसेवक कर्मचारीको उपस्थिति रहेको थियो।

# ट्रेण्डिङ