अत्तरिया स्थित राष्ट्रिय लोक संस्कृति प्रतिष्ठानलाई Hope For Children द्वारा वाद्यबादन समाग्री हस्तान्तरण

Image
Nisarga Hospital

Hope For Children (HFC) संस्थाले अत्तरिया स्थित राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाललाई वाद्यबादन सामाग्री हस्तान्तरण गरेको छ। HFC अध्यक्ष राम बहादुर माझी नेतृत्वको टोलीले प्रतिष्ठानले कला, संस्कृति र सभ्यताको संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै मादल, हारमोनियम, मुजुरा लगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

वाद्यबादन हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लिला बाँस्कोटा, प्रतिभा सामुदायिक पुस्तकालय सदस्य हेमन्त राज जोशी (बाजे), प्रतिष्ठानका कोषाध्यक्ष कमला भट्टराई लगायतको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरुले शुभकामना व्यक्त गर्दै वाद्ययन्त्रले कला र संस्कृतिको संरक्षण तथा जगेर्नामा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Advertize US