सरसफाई र सामाजिक सबलीकरणमा जेष्ठ नागरिक सेवा समाजको पहल

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका–२ कालिकानगर टोल, बनखेतमा जेष्ठ नागरिक दिवा सेवा समाजको अगुवाइमा सरसफाई तथा सामाजिक सबलीकरण कार्यक्रम सम्पन्न भएको छ। टोल विकास समितिको सहयोग र गोदावरी नगरपालिका फोहरमैला व्यवस्थापनका निजी साझेदार कम्पनी ग्रिन सुदुरपश्चिम परामर्श तथा स्वच्छ वातावरण नेपाल प्रा.लि. को प्राविधिक सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

कार्यक्रमको अध्यक्षता जेष्ठ नागरिक कुमार निरौलाले गरेका थिए। स्थानीय बाटो, नाली र मन्दिर परिसर सफा गरी सचेतना अभियान सञ्चालन गरिएको थियो। यस अवसरमा सचिव दिव्बेसोर बास्कोटाले समुदायलाई फोहरमैला व्यवस्थापनमा सक्रिय संलग्न गराउने प्रतिबद्धता जनाए।

nawajiwan

फोहर व्यवस्थापन विज्ञ केशब राज पन्तले स्रोतमै फोहर वर्गीकरणलाई आधारशिला मान्दै जैविक फोहरबाट गुणस्तरीय मल उत्पादन तथा अजैविक फोहरलाई पुनः प्रयोगमार्फत मूल्यवान स्रोत बनाउन सकिनेमा जोड दिए। एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र (ISWM) का इन्चार्ज हेम राज आचार्यले वर्गीकृत फोहरबाट मल उत्पादन गरी प्रयोगमा ल्याउन सकिने जानकारी दिए।

Attariya Hospital

बालबालिकाले कविता, गीत, गजल तथा कलाकारिता प्रस्तुत गर्दा कार्यक्रम विशेष आकर्षक बनेको थियो। यस अवसरमा युवा दुर्गा प्रसाद प्रसाईले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरे।

समापनमा अध्यक्ष निरौलाले प्रत्येक महिनाको पहिलो शनिबार यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने घोषणा गर्दै सामाजिक रुपान्तरणमा योगदान दिने विश्वास व्यक्त गरे। नगरप्रमुख बिरेन्द्र भट्टले निर्देशनअनुसार गोदावरी नगरपालिकाका सबै वडामा फोहरमैला वर्गीकरण तथा सचेतना कार्यक्रम अभियानका रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

# ट्रेण्डिङ