चार दशकपछि पश्चिम सेती आयोजनामा गति : इआइए प्रक्रिया सुरु, प्रभावित क्षेत्रका स्थानीयलाई सूचना

Image
Nisarga Hospital

चार दशकदेखि अलपत्र पारिएको पश्चिम सेती जलविद्युत् आयोजना अन्ततः वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रियामा प्रवेश गरेको छ। ८०० मेगावाट क्षमताको यो आयोजना भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडको परामर्शमा जेड कन्सल्ट प्रालिले अघि बढाइरहेको हो। प्रभावित क्षेत्रका स्थानीयलाई इआइए अध्ययनका लागि आवश्यक विवरण उपलब्ध गराउन आह्वान गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

डडेल्धुरा, बैतडी, डोटी र बझाङका विभिन्न वडाहरू प्रभावित क्षेत्रका रूपमा तोकिएका छन्। जेड कन्सल्टका सुपरिवेक्षक दिनेशचन्द्र जोशीका अनुसार गत भदौ २२ गतेदेखि घरजग्गा सर्वेक्षण कार्य समेत सुरु गरिएको छ।

यसअघि अष्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजले विभिन्न कारण देखाएर आयोजना छाडेपछि सरकारले २०७८ चैतदेखि एनएचपीसीलाई जिम्मा दिने गृहकार्य सुरु गरेको थियो। अब, पश्चिम सेती र छेउको एसआर–६ आयोजना एकैसाथ निर्माण गरिने बोर्डले जनाएको छ।

जाइका अध्ययनअनुसार पश्चिम सेतीले ६५२ मेगावाटसम्म बिजुली उत्पादन गर्न सक्छ। आयोजनाबाट विद्युत् उत्पादन मात्र नभई दिपायल–गौगुडा ग्रामीणमार्गमा पनि प्रत्यक्ष पहुँच बढ्ने बताइन्छ।

# ट्रेण्डिङ