धनगढीमा निसर्ग इन्डो नेपाल जुगेडा कप भलिबल प्रतियोगिता सुरु

Image
Nisarga Hospital

अत्तरियाः धनगढी उप-महानगरपालिका–१० जुगेडामा संयुक्त राना जनचेतना परिवारको आयोजनामा निसर्ग इन्डो नेपाल जुगेडा कप–२०८२ भलिबल प्रतियोगिता तथा सांस्कृतिक प्रदर्शन कार्यक्रम भव्य रुपमा सुरु भएको छ ।

CP Hospital Dhangadhi

कार्यक्रम खेल संयोजक भगिरथ रानाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी प्रमुख अतिथि रहनु भएको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दिँदै आयोजक समिति सदस्य केबल रानाले नेपाल र भारतका १६ टिमबीच प्रतियोगिता हुने जानकारी दिनुभयो । उहाँले खेलकुद राष्ट्र चिनाउने एउटा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सबैलाई सहभागितामार्फत प्रतियोगिता सफल पार्न आह्वान गर्नुभयो । प्रतियोगिता मा प्रथम पुरस्कार १ लाख ६१ हजार , दोस्रो पुरस्कार ८१ हजार र तेस्रो पुरस्कार ४१ हजार रहेको छ ।

nawajiwan

त्यसैगरी प्रमुख अतिथि डा. जोशीले खेलकुद र संस्कृति दुवैलाई समान महत्व दिन आवश्यक रहेको उल्लेख गर्दै आयोजक समितिले समुदायकै अग्रसरतामा यस्तो कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

Attariya Hospital

उद्घाटन समारोहमा धनगढी उप-महानगरपालिका–७ का वडा अध्यक्ष मोती रानाथारुसहित स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, खेलाडी, समाजसेवी र बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सांस्कृतिक प्रदर्शनतर्फ जुगेडा गाउँको परम्परागत होरी नाच प्रस्तुत गरिएको थियो भने रानाथारु समुदायका मौलिक परिकारसमेत प्रदर्शनीमा राखिएका थिए ।

आयोजकका अनुसार यस प्रतियोगितामा धनगढी उप-महानगरपालिका–१० वडा कार्यालय संरक्षक र सुदुरपश्चिम खेलकुद परिषद् प्रवर्द्धकको रुपमा रहेका छन् ।

Advertize US