जेन जी आन्दोलनमा शहिद भएकाहरुको १३ दिनको सम्झनामा अत्तरियामा दिप प्रज्वलन

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाएका शहिदहरुको १३ औ दिनको सम्झनामा नेपाली कांग्रेस गोदावरीको आयोजनामा अत्तरिया चोकमा दीप प्रज्ज्वलन गरिएको छ

CP Hospital Dhangadhi

nawajiwan

नेपाली कांग्रेस गोदावरीका नेता तथा कार्यकर्ता सँगै समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा अत्तरिया चोकमा दीप प्रज्ज्वलन गरिएको हो । उहाँका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति थियो ।

नेपाली कांग्रेस गोदावरी नगर सभापति बिर बहादुर चोखालका अनुसार जेन जी आन्दोलनका क्रममा शहिद भएका प्रति श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा समबेदना समेत दिएका छन ।

Attariya Hospital

तेसै गरी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले देशभर आन्दोलित भएका जेन जी पुस्ताका जायज मागलाई सम्बिधानमा टेकेर नै सम्बोधन गर्नु पर्ने धारणा राखेका छन । देशभर नेपाली कांग्रेसको सर सल्लाह अनुसार १३ दिनको अबसरमा शहिद परिवार प्रति समवेदना प्रकट गरेका छन । जेन् जी आन्दोलनका क्रममा ब्यक्तीगत घर , सार्वजनिक सम्पतीमा भएको आगजनी सँगै पार्टी सभापति शेर बहादुर देउवा र आर्जु राण देउवालाई सांघातिक आक्रमण प्रति खेद प्रकट गरेका छन ।

दीप प्रज्वलनमा अत्तरियाका युवा नेता लोक राज पाण्डे ‘आगो’का अनुसार जेन जी युवाहरुले आफ्ना माग राख्ने क्रममा सरकारले दमन गरेर युवाहरुको हत्या गरेको १३ औ दिनको सम्झनामा दीप प्रज्वलन गरिएको बताए ।

 

 भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा हालसम्म ७४ जनाको निधन भइसकेको छ ।