जेन्जी आन्दोलनका सहिदहरुको १३ औँ पुण्यतिथिमा निसर्ग हस्पिटलमा दीप प्रज्वलन

Image
Nisarga Hospital

धनगढी: जेन्जी आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नुभएका सहिदहरुको १३ औँ पुण्यतिथिको अवसरमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. धनगढीले शनिबार साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

CP Hospital Dhangadhi

शनिबार बेलुका हस्पिटल प्राङ्गणमा आयोजित कार्यक्रममा सहिदहरुको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो ।

Attariya Hospital

कार्यक्रममा निसर्ग हस्पिटलमा कार्यरत सम्पूर्ण डाक्टर, स्टाफ नर्स, कर्मचारी तथा प्रशासनिक टोलीको सक्रिय सहभागिता रहेको थियो । साथै स्थानीयबासी, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति उल्लेख्य देखिएको थियो ।

nawajiwan
Advertize US