चौमालामा 7A-SIDE फुटबल प्रतियोगिता सुरु, सनसाइन युथ क्लबले पहिलो खेलमा जित

Image
Nisarga Hospital

हेमन्त बाजे/चौमालाः चौमाला स्पोर्ट्स क्लबको आयोजना र सिराज इन्टरनेसनल प्रा.लि.को मुख्य प्रायोजनमा “खेल विकास हाम्रो आधार, खेल प्रशिक्षण हाम्रो अधिकार” मुल नाराका साथ चौमाला 7A-SIDE फुटबल प्रतियोगिता सुरु भएको छ।

CP Hospital Dhangadhi

कार्यक्रम क्लब अध्यक्ष रमेश सिगालको सभापतित्वमा सम्पन्न भयो। प्रमुख अतिथि गौरीगंगा नगरपालिका-२ का वडा अध्यक्ष जनक साँउदले प्रतियोगिताले दीपावलीको अवसरमा शान्ति, सद्भाव र मित्रता कायम राख्ने बताए। विशिष्ट अतिथीमा केसर सिंह बोहरा सँगै युवा समाजसेवी नारायण चन्दले खेलकुदले आपसी मित्रता र शारीरिक फाइदा दिनेसम्मको महत्व व्याख्या गरे।

Attariya Hospital

शनिबार भएको पहिलो खेलमा सनसाइन युथ क्लबले राईजिङ पावर युथ क्लबलाई 2-0 ले पराजित गर्‍यो। सनसाइन युथ क्लबका शिशिर केसी म्यान अफ द म्याच घोषित भए। प्रतियोगितामा आइतबार बेताल युवा क्लब र चरिडाँडा क्लब, पटेला स्मार्ट क्लब र भिपेरा क्लब, चौमाला स्पोर्ट्स क्लब सेतो र बेलि युवा क्लबबीच खेल हुँदैछ।

nawajiwan

प्रतियोगितामा 23 टिमको सहभागिता छ। प्रथम बिजेताले २५,००० नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १०,०००, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ।

Advertize US