दसैँ लागे सँगै काठमाडौँ–धनगढी हवाई भाडा १६ हजारसम्म

Image
Nisarga Hospital

दसैँ नजिकिएसँगै काठमाडौँ–धनगढी हवाई भाडा एक्कासि बढेको यात्रुले गुनासो गरेका छन्। सामान्यतया साढे सात हजारमा उपलब्ध हुने टिकट अहिले १२ हजारभन्दा कममा पाइनै छाडेको यात्रु खगेन्द्र साउदले बताए।

CP Hospital Dhangadhi

उनका अनुसार केही कम्पनीले १६ हजार रुपैयाँसम्मका टिकट बिक्री गर्न थालेका छन्। चाडपर्वको भीडमा विमान कम्पनीले मनपरी ढंगले भाडा बढाउँदा नियमन गर्ने निकाय मौन रहेको यात्रुको आरोप छ।

Attariya Hospital

धनगढी विमानस्थलका प्रमुख बालकुमार सिंहका अनुसार अहिले दैनिक आठ वटा उडान भइरहेको छ, जसमा छ श्री एयरलाइन्स र दुई बुद्ध एयरका उडान छन्। यात्रुको चापसँगै भाडा नियन्त्रणमा कसरी ल्याउने भन्ने प्रश्न खुलेको छ।

nawajiwan
Advertize US