हिलवल्ड इङ्लिस बोर्डिङ हाई स्कुलले गर्यो कैलाली जिल्ला प्रशासन कार्यालयलाई फर्निचरजन्य सामग्री सहयोग

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका–१ मा अवस्थित हिलवल्ड इङ्लिस बोर्डिङ हाई स्कुलले कैलाली जिल्ला प्रशासन कार्यालयलाई अत्यावश्यक सेवा प्रवाहका लागि फर्निचरजन्य सामग्री सहयोग गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बम र विद्यालयका प्रधानाध्यापक डि.आर. शर्माले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई टेबल, कुर्सी, दराजलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रमका अवसरमा प्रधानाध्यापक शर्माले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालयमा भौतिक संरचनात्मक क्षति पुगेको र सेवा प्रवाहमा समस्या आएको भन्दै विद्यालयको तर्फबाट मानवीय र सामाजिक उत्तरदायित्व स्वरूप आवश्यक सामग्री सहयोग गरिएको जानकारी दिए।

उनले देशभर नै असहज परिस्थिति कायम रहँदा समेत प्रशासनजस्तो सेवा केन्द्रित संस्थाको दैनिक कामकाज सहज रुपमा सञ्चालन हुनु आवश्यक भएको उल्लेख गरे। शर्माले यसखाले सहयोगले प्रशासनको नियमित सेवा सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजबहादुर बम, प्रधानाध्यापक डि।आर। शर्मा तथा विद्यालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे। उनले यस्तो कठिन परिस्थितिमा गरिएको सहयोगले प्रशासनलाई राहत मिलेको र समुदायसँगको सम्बन्ध अझ मजबुत भएको बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बमले हिलवल्ड इङ्लिस बोर्डिङ हाई स्कूलले शैक्षिक गतिविधिसँगै सामाजिक र मानवीय कार्यमा पनि निरन्तर अग्रसरता देखाउँदै आएको उल्लेख गरे। उनले धनगढीमा दृस्टि फाउण्डेशन स्थापना हुँदैगर्दा हिलवल्ड स्कुल सहयोग गर्ने पहिलो संस्था रहेको बताए।अध्यक्ष बमले यस्ता संकटका समयमा सबैले आपसी सहयोग र सहकार्यमा जुट्नुपर्ने आवश्यकता औंल्याउँदै एकता र सहयोगका लागि सामूहिक अपिल पनि गरेका छन ।

# ट्रेण्डिङ