कैलालीको आन्तरिक राजस्व कार्यालयको सेवा टहराबाट सुरु, पूर्ण पुन:स्थापना दसैं पछि

Image
Nisarga Hospital

भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त आन्तरिक राजस्व कार्यालय धनगढीमा करदाता सेवा असोज २ गतेदेखि टहराबाट सुरु भएको छ। आन्दोलनमा पूर्णतया जलेको कार्यालयको भुइँ तला रङरोगन गरी सेवा दिइरहेको प्रमुख कर अधिकृत डिल्ली लेखकले बताए।

CP Hospital Dhangadhi

आगलागीले भवनको ८० प्रतिशत नष्ट भएको छ भने माथिल्लो तलामा दुई कोठा मात्रै बचेको छ। फर्निचर, कागजपत्र र जेनेरेटर जलेका छन्, विद्युत जडानसमेत असम्भव भएको कारण केही सेवा सञ्चालनमा कठिनाइ छ।

Attariya Hospital

करदाता सेवा जस्तै दर्ता, विवरण बुझ्ने, संशोधन र कर चुक्ता गर्ने काम टहराबाट सुरु गरिएको छ। एभरेष्ट बैंकको काउन्टर पनि जलेकोले करदाता सेवाका लागि मुख्य सडकस्थित बैंकमा जानुपर्नेछ।

nawajiwan

डेटा प्रणाली सुरक्षित भएकाले करदाताको अभिलेखमा समस्या नपर्ने लेखकले बताए। सम्पूर्ण सेवा दसैंसम्म पूर्ण रूपमा सुचारु हुने तयारी भइरहेको छ।