
अत्तरियाः कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा आज २०८२ असोज ५ गते शिक्षक प्रतिनिधि चयन कार्यक्रम सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा तपराज ओझा सर्वसहमत चयन भएका छन ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक बिर सिंह महताले बिजया दशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरेका छन्। कार्यक्रममा शिक्षक र कर्मचारीको सहभागितामा विद्यालय सुधार योजनाबारे छलफल र सुझाव आदानप्रदान गरिएको छ।

कार्यक्रमको संचालन सहायक प्र.अ. हरिप्रसाद ओझाले गरेका थिए। यसरी शिक्षक प्रतिनिधि चयनसँगै विद्यालयको प्रशासनिक निर्णय र सुधार कार्यक्रममा शिक्षकहरुको सक्रिय सहभागिता सुनिश्चित गर्ने वातावरण तयार भएको जानकारी सूचना अधिकारी मार्फत सार्वजनिक गरिएको छ।

यस कदमले विद्यालय व्यवस्थापनमा पारदर्शिता र सहकार्य प्रवर्धन गर्दै शैक्षिक सुधारमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।































