सिगासका पाँच बालबालिका आमाबाबुविहिन, नागरिकस्तरको अभियानमार्फत सहयोग रकम हस्तान्तरण

Image
Nisarga Hospital

बैतडी: बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीको हत्या भएपछि उनका पाँच सन्तान अभिभावकविहिन बनेका छन् । चार वर्ष अघि जण्डिसका कारण श्रीमान गुमाएकी बेलमतीलाई गत भदौ २२ गते राति आफ्नै भतिजाले बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

CP Hospital Dhangadhi

आमा–बुबा दुवै गुमाएपछि असहाय बनेका ती पाँच बालबालिकाको भविष्य अन्धकारमा नडुबोस् भन्ने उद्देश्यले भारत र नेपालमा रहेका सिगासका युवाहरुले सहयोग अभियान सुरु गरेका थिए । भारतमा रहेका खुमन परियार र नेपालमा रहेका सूर्यबहादुर बोहराको पहलमा सञ्चालन भएको अभियानमार्फत २ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ ।

nawajiwan

Attariya Hospital

अभियान्ता सूर्यबहादुर बोहराका अनुसार संकलित रकममध्ये ७ हजार रुपैयाँ नगद आइतबार हस्तान्तरण गरिएको छ भने बाँकी रकम जेठा छोरा सन्तोषसिंह धामीको नाममा बैंक खातामा जम्मा गरिएको छ ।

बेलमतीकी जेठी छोरी हाल कक्षा ९ मा अध्ययनरत छिन् । अब उनीमाथि तीन बहिनी र एक भाइको जिम्मेवारी आएको छ । नागरिकस्तरबाट गरिएको सानो सहयोगले टुहुरा बनेका बालबालिकालाई आशा र हौसला प्रदान गर्ने विश्वास लिइएको छ ।

“यी निर्दोष बालबालिकाले भविष्य सुरक्षित गर्न सानो योगदान गरेका हौँ” बोहराले भने, “दु:खमा साथ दिने हात अझै बाँकी छन् भन्ने सन्देश यो अभियानले दिएको छ ।

Advertize US