गोदावरीका वडा अध्यक्ष बडैला पुनः नेपाली कांग्रेसमै फर्किए

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–११ का वडाध्यक्ष प्रेम सिंह बडैला नेपाली कांग्रेसमै पुनः सक्रिय भएको घोषणा गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

केही दिनअघि जेनजी आन्दोलनका क्रममा भएको मानविय तथा भौतिक क्षतिको प्रभाव स्वरूप ना-बालकको हत्या सँगै सरकारले दमन गरेको कुरालाई असह्य भएरनै सिङ्गो टिमले पार्टी परित्याग गरेको बताएका छन । तत्कालिन केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि गठबन्धनबाट सत्तासमिकरण हुदै गर्दा जनताको मागलाई तत्कार सम्बोधन गर्नुको सट्टा सुरक्षा निकायबाट गोली बर्षाएको असह्य भएको बताएका छन ।  बर्तमान समयमा पनि संविधान बाटै देशमा भ्रष्टाचार सँगै शुसाषन हुने भए सँगै नेपाली कांग्रेस पार्टीमा फर्केको बताएका छन ।

बडैलाले विज्ञप्ति जारी गर्दै आफू विगतमा पनि नेपाली कांग्रेसकै सक्रिय कार्यकर्ता रहेको र भविष्यमा पनि कांग्रेसकै निष्ठावान सदस्य बनेर काम गर्ने स्पष्ट पारेका छन्।

उनले जेनजी आन्दोलनमा सहादत प्राप्त भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै आन्दोलनमा घाइते भएकाको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

nawajiwan