माया मेट्रो हस्पिटलमा उपचारपछि सोहानीलाई नयाँ जीवन

Image
Nisarga Hospital

कैलालीको बर्दगोरिया–४ की ८ वर्षीया सोहानी चौधरी सामान्य ज्वरोका कारण एक्कासि अचेत भइन्। सुरुमा उनलाई तत्कालै सेती अस्पताल पुर्याइए पनि २४ घण्टासम्म होस नफेरेपछि परिवार चिन्तित भयो। त्यतिबेला उनका बाबु सागर चौधरीले हिम्मत नहराई छोरीलाई धनगढीस्थित माया मेट्रो हस्पिटल लग्ने निर्णय लिए।

CP Hospital Dhangadhi

माया मेट्रो हस्पिटलमा भर्ना गर्दा सोहानीको अवस्था अत्यन्तै जटिल भइसकेको बाल रोग विशेषज्ञ डा. मोहन साउँदले स्मरण गरे। प्रारम्भिक ७२ घण्टा निकै चुनौतीपूर्ण रहेको र सो अवधिभित्र सुधार नआएमा घर लैजान सल्लाहसमेत गरिएको थियो। तर निरन्तर निगरानी, अत्याधुनिक उपकरण र चिकित्सक टोलीको समर्पित प्रयासपछि छोरीको स्वास्थ्यमा क्रमशः सुधार देखिन थाल्यो।

nawajiwan
Attariya Hospital

सोहानीलाई करिब ९ दिन आइसियुमा राखेर विशेष उपचार गरिएको थियो। अहिले उनी पूर्णरूपमा स्वस्थ हुँदै घर फर्किएकी छन्। छोरीको जीवन जोगिनु आफूसँगै परिवारका लागि सबैभन्दा ठूलो खुशी भएको बताउँदै सागरले भने, “डाक्टरको सल्लाह मानेर हिम्मत नहराएको प्रतिफल आज देख्न पाएको छु। छोरीलाई नयाँ जीवन दिन सफल भएकोमा माया मेट्रो हस्पिटललाई हृदयदेखि धन्यवाद।”

यस सफल उपचारले माया मेट्रो हस्पिटलप्रति स्थानीयवासीको विश्वास अझ बढाएको छ।