धनगढीका जेनजी शंकर र जगतले सञ्चालनमा ल्याए फास्टफूड नास्ता पसल

Image
Nisarga Hospital

धनगढीः धनगढीमा जेनजी नेताहरुले नास्ता पसल सञ्चालनमा ल्याएका छन् । लामो समय देखि जेनजीको नेतृत्व गर्दै आएका शंकर र जगत शाहीले संयुक्त लगानीमा राजधानी फास्टफूड नाम दिएर नास्ता पसल सञ्चालनमा ल्याएका हुन् । धनगढी उपमहागरपालिकाको व्यवसायीक भवनमा उनीहरुले हिन्दुहरुको महान चाड दशैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर सोमबार देखि सञ्चालनमा ल्याएका छन् । युवा द्वय शाही सामाजिक तथा राजनीतिमा समेत सक्रिय छन्

CP Hospital Dhangadhi

अव युवाहरु विदेश होइन देशमा नै सानो लगानीमा उद्योमी बन्ने उदेश्यका साथ नास्ता पसल सञ्चालनमा ल्याएको जेनजी शंकर शाहीले बताए । ‘युवा शक्ति देशका सम्पति हुन’, उनले भने, ‘अर्कोको देशमा गएर युवाले श्रम गर्ने जुन लहर चलेको छ । त्यसलाई रोक्नका लागि केहि ने केहि गरेर देखाउने समय आएको छ ।’ राज्यले पनि लगानी गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई रहेको छ ।

Attariya Hospital

सुरुवातमा ८ लाख रुपैयाँ लगानी लगाएको उनको भनाई रहेको छ । नास्ता पसलमा तीन जनाले प्रत्यक्ष रोजगार समेत पाएको उनले बताएका छन् । वेरोजगारीलाई रोजगार दिने उदेश्यसका साथ नास्ता पसल सञ्चादलनमा ल्याएको जेनजी जगतले बताएका छन् ।

nawajiwan