कैलारी गाउँपालिकामा बिपद जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखीकरण

Image
Nisarga Hospital

अत्तरियाः बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुराको आयोजनामा बिपद जोखिम न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम कैलारी गाउँपालिकाको वडा नं ३ मा सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

बाढी प्रभावित सिमान्तकृत थारु समुदायको बसोबास रहेको उक्त क्षेत्रमा हरेक बर्ष बाढी डुबानको जोखिम रहदै आएकाले संस्थाले बिपद ब्यवस्थापन समिति टास्कफोर्स गठन गरेको थियोे ।

कैलारी गाउँपालिकाको समन्वय,KIA को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित बाढी तथा पहिरो प्रभावित जनताका लागि आपतकालीन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।

nawajiwan

बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले अभिमुखीकरण गरिएको थियोे ।

Attariya Hospital


उक्त क्षेत्रमा बर्षाको समयमा वरपरका स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ ।
कार्यक्रममा कैलारी गाउँपालिकाकि महिला अगुवा साबित्री चौधरीले समुदायसंगको समन्वय तथा सहकार्यमा MPDS संस्थाले बिपद जोखिम न्यूनीकरणका लागि टास्क फोर्सलाई प्रदान गरिएको अभिमुखिकरणले उनीहरुको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले बाढी तथा डुबानमा गाउँ पुरै डुब्ने भएकोले बिपद पूर्वतयारी योजना बलियो हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सुर्मीनाला बिपद ब्यवस्थापन समितिकि उपाध्यक्ष शान्ति चौधरीले बाढी तथा डुबानबाट बच्न र सचेतना अभिवृद्धी गर्ने कार्यमा यस्ता अभिमुखीकरणले विशेष सहयोग पुग्ने बताउदै विपदमा पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सके जोखिम व्यवस्थापनमा थप टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले बर्सेनि बाढी तथा डुबानबाट खैलाड बस्ती जोखिममा पर्ने भएकोले दिगो बिपद जोखिम व्यवस्थापनका लागि पहल गरि दिन आग्रह गरेका थिए ।

कार्यक्रममा बिपद जोखिम न्यूनीकरण,पूर्व तयारी,प्रतिकार्य योजना,टास्कफोर्सको परिचालन क्षमता अभिवृद्धि,पूर्व सूचना प्रणाली,बिपद बजेट योजना,जैबिक तटबन्ध लगायतका बिषयमा बहुउद्देश्यीय बिकास समाजका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका ले सहजीकरण गरेका थिए । कार्यक्रम छोट्की टोल बिपद ब्यवस्थापन समिति टास्कफोर्सकी अध्यक्ष उर्मिला चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।