गोदावरीका इन्जिनियर पुर्ण कुँवरले सरकारी सवारी प्रयोग नगर्ने घोषणा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका इन्जिनियर पुर्ण कुँवरले अबदेखि कुनै पनि सरकारी सवारी साधन प्रयोग नगर्ने घोषणा गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले भनेका छन्, “म राष्ट्रसेवक भए पनि कुनै पनि सरकारी सवारी साधन प्रयोग गर्ने छैन।”

CP Hospital Dhangadhi

कुँवर लामो समयदेखि गोदावरी नगरपालिकाको महत्त्वपूर्ण ईन्जिनियरिङ्ग प्राबिधिक शाखा सम्हाल्दै आएका छन् र उनका यस निर्णयले कर्मचारी र स्थानीयबीच चर्चा चलेको छ। यसअघि अधिकांश शाखा प्रमुखहरूले सरकारी सेवा सुविधाअनुसार सवारी साधन प्रयोग गर्दै आएका थिए।

Attariya Hospital

उनको यो निर्णयले सरकारी सवारी साधनको प्रयोग र पारदर्शिता सम्बन्धी बहसलाई अझ अघि बढाउने अपेक्षा गरिएको छ। कुँवरले व्यक्तिगत रूपमा सामान्य सवारी वा सार्वजनिक साधन प्रयोग गर्दै राष्ट्रसेवा गर्ने प्रतिवद्धता जनाएका छन्। उनको निर्णयले अन्य कर्मचारीमा पनि जागरूकता र उत्तरदायित्वको सन्देश पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

nawajiwan