
हेमन्त बाजेः गौरीगंगा नगरपालिका–३ स्थित केदारेश्वर सामुदायिक बन उपभोक्ता समूहले जेनजी पुस्ताको आन्दोलनपछिको क्षतिपूर्ति स्वरूप नगरपालिका र वडालाई आवश्यक सामाग्री सहयोग गरेको छ।


कार्यक्रमका क्रममा सामुदायिक बन समूहका अध्यक्ष हर्क नेगि र अन्य पदाधिकारीहरूले नगरपालिका प्रमुख देबिदत्त कँडेल, उप–प्रमुख भोज बहादुर बम तथा कर्मचारीहरुको उपस्थितिमा सोफा सेट, कम्प्युटर र रंगीन प्रिन्टर हस्तान्तरण गरे। त्यसैगरी झिल वडा कार्यालयलाई पनि सोफा सेट, कम्प्युटर र प्रिन्टर प्रदान गरिएको थियो।
नगरप्रमुख कँडेलले कठिन परिस्थितिमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले नगरपालिका र वडा कार्यालयलाई राहत दिएको बताए। अध्यक्ष नेगिले भने, सामुदायिक बन समूहले सिपमूलक, आय–आर्जन र सामाजिक–मानवीय कार्यमा निरन्तर अग्रसरता देखाउँदै आएको बताए।
नगरपालिकाले विभिन्न संघ–संस्थाको सहयोगमा वडा तथा नगरपालिका स्तरमा नागरिक सेवाहरू सुचारु राख्दै आएको छ।































