अत्तरिया : कैलालीमा एक जना सम्पर्कविहीन भएको घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । बुधबार राति धनगढीको बोराडाँडीका बिरेन्द्र चन्द सम्पर्कविहीन भएको घटनामा उनीसँगै भएका भनिएका तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले गोदावरीका बिनोद शाह, भरत बोहरा र गोविन्द शाक्यलाई नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार चारै जना राति सँगै थिए तर चन्द उनीहरूसँगै भएका बेला सम्पर्क विहीन भएपछि अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको हो । चन्द घर नआएपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । चन्दको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।