किसानलाई डेढ महिनाको दूधको रकम मात्रै हातमा

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले लामो समय रोकिएको दूधको रकममध्ये डेढ महिनाको भुक्तानी गरेको छ। माघ महिनाको सम्पूर्ण र फागुनको आधा महिनाको भुक्तानी गरेर संस्थानले करिब २ करोड रुपैयाँ ५९ वटा सहकारी, समूह र कृषि फार्मलाई वितरण गरेको डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईले जानकारी दिए।

CP Hospital Dhangadhi

तर पनि भदौसम्म करिब साढे ६ महिनाको झन्डै साढे ४ करोड रुपैयाँ भुक्तानी बाँकी छ। भट्टराईका अनुसार बाँकी रकम क्रमशः वितरण गरिनेछ। लामो समयदेखि भुक्तानी नपाएपछि किसानहरूले विरोध गर्दै आएको अवस्थामा हाल केही मात्र रकम खातामा आएको सहकारी अध्यक्षहरूले बताए। पञ्चपुरी सहकारी, नवज्योति कृषक सहकारी र शुभेच्छा सहकारीका प्रतिनिधिहरूका अनुसार माघ महिनासम्मको रकम मात्र आएको छ, जसले किसानलाई आंशिक मात्र राहत दिएको छ।

Attariya Hospital

अत्तरियामा डीडीसी करिब ५९ सहकारी तथा फार्ममार्फत दैनिक २,५०० देखि ३,००० लिटर दूध संकलन गर्छ। तर गत जेठ ८ गतेदेखि भदौ ३१ गतेसम्म स्थानीयले संस्थान धनगढी सार्ने तयारीको विरोध गर्दै तालाबन्दी गरेपछि भुक्तानी प्रक्रिया ठप्प भएको थियो। पछि केन्द्रिय कार्यालयले तत्काल अत्तरियाबाट डीडीसी नसार्ने आश्वासन दिएपछि मात्र तालाबन्दी खुलेको हो।

nawajiwan

हाल डीडीसी अत्तरियाको कार्यालय कृषि उपज थोक बजारस्थित भाडाको भवनमा सञ्चालनमा छ, तर पर्याप्त पूर्वाधार नहुँदा नयाँ स्थानमा सार्ने तयारी भइरहेको संस्थानले जनाएको छ।