शान्तिपूर्वक चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीको अनुरोध

Image
Nisarga Hospital

अत्तरिया : जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित तथा शान्तिपूर्वक चाडपर्व मनाउने कार्यमा सहयोग पुरÞ्याउनु सबैलाई अनुरोध गरेको छ ।
एक सूचना जारी गर्दै चाडपर्व मनाउने क्रममा हुन सक्ने अवाञ्छित कार्यहरु नियन्त्रण गरी सभ्य सुरक्षित, मर्यादित तथा शान्तिपूर्वक चाडपर्व मनाउने कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेको हो । जिल्लामा बसेको समन्वयात्मक वैठकपछि प्रशासन कार्यालयले निर्देशानुसार सार्वजनिक अनुरोध जारी गरेको छ ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झै झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न नगराउन अनुरोध गरेको छ ।

‘अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी तथा अनाधिकृत मूल्यवृद्धि गर्ने, म्याद नाघेका वस्तुहरूको ढुवानी, बिक्री वितरण तथा प्रयोग गर्ने वा गराउने कार्य नगर्नु नगराउनु’ सूचना भनिएको छ ।

nawajiwan
Attariya Hospital

सवारी साधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा असुल उपर नगर्ने तथा प्रचलित कानून अनुसारका ट्राफिक नियमहरूको पालना गर्ने गराउने,यात्रुलाई कुनै सहयोगको आवश्यक परे वा गुनासो भएमा नजिकैको यात्रु सहायता कक्ष वा १०० मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ–‘कोही कसैले उपरोक्त विपरितका कार्य गरे,गराएमा नजिकैको सुरक्षा निकाय वा प्रहरी इकाईमा जानकारी गराउनु हुन अनुरोध छ । साथै माथि उल्लिखित गर्न नहुने क्रियाकलापहरु भए गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत निर्देशानुसार सूचित गरिन्छ ।’

Advertize US