धनगढीमा सम्पन्न मिडिया कपको उपाधि आयोजकलाई, अत्तरियाको टिम उपविजेता

Image
Nisarga Hospital

धनगढीस्थित फ्ल्याटल्याण्ड फुटसलमा सम्पन्न पाँचौं हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगितामा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलाली विजयी भएको छ। आयोजक टोलीले अत्तरिया पत्रकार समूहलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। विजेताले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गरे भने उपविजेता अत्तरिया पत्रकार समूहले नगद १५ हजार, ट्रफी र मेडलमा चित्त बुझायो।

CP Hospital Dhangadhi

लिगकम नकआउट आधारमा सम्पन्न प्रतियोगितामा पत्रकारहरुकै चार टोली सहभागी भएका थिए। प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको थियो। क्लिनिकका दन्त चिकित्सक डा. मोहित एसके ले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरे।

Attariya Hospital

डेढ दशकदेखि दन्त स्वास्थ्य सेवामा सक्रिय यो क्लिनिक सुदूरपश्चिमको पहिलो निजी दन्त स्वास्थ्य संस्था हो, हाल दन्त अस्पतालका रूपमा विस्तार भएको छ। सो अस्पताल सेती प्रादेशिक अस्पताल नजिकै अवस्थित छ।

nawajiwan
Advertize US