
धनगढी : जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपैयाँ प्रदान गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सहिद जोशीकी आमा माया जोशीको खातामा रकम भुक्तानी गरेको हो। गृह मन्त्रालयमार्फत प्राप्त क्षतिपूर्ति रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले औपचारिक रुपमा परिवारलाई हस्तान्तरण गरेका थिए।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार यो क्षतिपूर्ति सहिद परिवारप्रति सरकारले गरेको सम्मान र कृतज्ञताको प्रतीक हो। सहिद गौरव जोशीको योगदानले आन्दोलनलाई बल मिलाएको भन्दै प्रशासनले सम्झना गरेको छ।































