कञ्चनपुर जिप दु’र्घट’ना अपडेट : घा’इते पाँच जनाको माया मेट्रो अस्पतालमा उपचार जारी

Image
Nisarga Hospital

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ सिउडीबागस्थित दैजी-जोगबुढा सडकखण्डमा मङ्गलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते हुनुभएको छ । दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको बोलेरो जिप दिउँसो करिब पौने ३ बजे सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

CP Hospital Dhangadhi

घाइतेहरूलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अपराह्न साढे ४ बजेतिर महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचारका क्रममा वेदकोट नगरपालिका वडा नम्बर ४ बस्ने तारा पालकी दुई वर्षीया छोरी युविका पालको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Attariya Hospital

उक्त दुर्घटनामा कञ्चनपुरको वेदकोट ४ बस्ने ३० वर्षीया तारा पाल र ताराका १० वर्षीय छोरा प्रिन्स पाल, कञ्चनपुरकै कृष्णपुर १ वाणी बस्ने ३३ वर्षीया धाना बोहरा र धानाका ४ वर्षीय छोरा कमल बोहरा, डडेल्धुराकाे परशुराम ४ बस्ने २८ वर्षीय नरेश सार्की, परशुराम ९ बस्ने ३५ वर्षीय देवेन्द्र धामी, २४ वर्षीय वीरेन्द्र कुँवर र वीरेन्द्रकी २१ वर्षीया श्रीमती मनीषा कुँवर घाइते हुनु भएको छ ।

nawajiwan

उहाँहरू सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेकोमा थप उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएको छ । सबै जनाको माया मेट्रो अस्पताल मा उपचार जारी रहेको पी आर म्यानेजर जगत महताले जानकारी दिनुभयो। दुर्घटनापछि चालक फरार रहेका छन् । उनको खाेजीकार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बाेहराले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।